काग्रेसका सांसदहरुद्धारा राप्ती क्षेत्रमा भेटघाट

देउखुरी, २१ असोज । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि बुधवार काग्रेस सांसदहरुले राप्ती क्षेत्रमा भेटघाट गरेका छन् । प्रदेशको राजधानी तोक्ने बारेमा मतदान भए पश्चात नेपाली कांग्रेसका तर्फवाट समर्थन गर्ने ५ सांसदले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधिसंग भेट गरेका छन् ।

प्रदेश राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गर्न प्रस्ताबको पक्षमा मतदान गरेका काग्रेसका तर्फबाट दाङ, बाँके र बर्दिया जिल्लाका सांसद डिल्ली बहादुर चौधरी, अर्जुन श्रेष्ठ, राजु अन्सारी, भुवनेश्वर चौधरी र शंकर गीरीले राप्ती गाउँपालिकामा नागरिक तथा जनप्रतिनिधिसंग भेट गरेका छन् । भेटघाटको क्रममा कांग्रेस सांसदहरुले पार्टिलाई उच्च स्थानमा राख्दै प्रदेश भरिका नागरिकको सम्मान र संघियताको मर्मलाई सस्थागत गर्न प्रदेशसभा बैठकमा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्तावमा मतदान गरेको उनीहरुले बताएक छन् ।

मंगलवार प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका बनाउने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । देउखुरी उपत्यकामा पर्ने राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका वडा नम्वर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नम्वर ८ र ९ ले चर्चेको भूभागमा प्रदेश राजधानी बन्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया