
तुलसीपुर, २० असोज/ राष्ट्रिय युबा गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेशका संयोजक निराश पाण्डेले आज एक प्रेस बिज्ञप्ति प्रकासित गरि प्रदेश न ५ को स्थायी राजधानी भालुबाङ्ग र नाम लुम्बिनी प्रदेश राख्न अहोरात खटने माननीय सबै प्रदेश सांसद हरु लाई धन्यवाद प्रकट गर्नु भएको छ।
निर्वाचन भएको तीन बर्ष को अन्तरालमा सबै जिल्ला बासी हरुको भावनाको कदर गर्दै ढिलै भए पनि प्रदेश को नाम र स्थायी राजधानी तोक्न सफल हुनु भएको छ वहाँ हरु धन्यवादका पात्र हरु हुनुहुन्छ बिज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै राजधानीको बिषय लाई लिएर केही सांसद हरुले प्रदेश सभा हलमा अराजक गतिविधि देखाएर भौतिक संरचना हरु माथी तोडफोड गर्नु निन्दनिय कार्य भएको जनाउदै तोडफोड गर्ने सांसद हरु लाई कानुनी दायरामा ल्याउनु पर्ने बिज्ञप्तिमा जनाइएको छ।
प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार