प्रदेश पाँचमा मतदान प्रक्रिया सुरु

दाङ, २० असोज । पाँच नम्वर प्रदेशको स्थायी राजधानी र नामाकरण टुङगो लगाउने बारे मंगलवार मतदान प्रक्रिया सुरु भएको छ । प्रदेश सभा बैठकमा सहमती नजुटेपछि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेश सभामुख पुर्ण बहादुर घर्तिले सभामा मतदान प्रक्रिया सुरु भएको जानकारी गराए संगै प्रक्रिया सुरु भएको छ ।

प्रदेश सरकारले गएको शुक्रवार पेश गरेको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ । प्रस्ताबको पक्ष र विपक्षमा मतदान हुनेछ । मंगलवारको बैठकमा काग्रेस र जनता समाज पाटीले राजधानी र नामाकरण बारे छुट्टाछुट्टै संसोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले संसोधन प्रस्ताव फिर्ता नलिएपछि मतदान प्रक्रिया सुरु भएको हो ।मतदान प्रक्रिया सुरु हुनु अघि सांसदहरुले आफना धारणा राखेका थिए भने मुख्यमन्त्री शंकर पोख्रेलले सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै आफना भनाई राखेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २० गते मङ्गलवार
प्रतिक्रिया