
,दंगीशरण १९ असोज । चाडपर्व नजिकिदै गर्दा ईलाका प्रहरी कार्यालय हेकुलीले अनुगमनलाई तिव्रता दिने भएको छ । शान्ती सुरक्षामा खलल नपुगोस भन्ने उद्धेश्यले अनुगमनलाई तिव्रता दिने भएको हो । सोमबार प्रहरी नायव निरिक्षक कमल थापाको संयोजकमा बसेको छलफलमा शान्ती सुरक्षामा खलल पुग्ने गरि कुनै पनि प्रकारको अराजक गतिविधी नगर्न सबैमा सुचित गर्ने, थारु समुदायमा नाच्ने सख्ंया नाच बेलुका ८ बजे सम्म नाच्ने र एक गाउँको मान्छे अर्को गाउँमा जान नपाईने, अवैध रुपमा घरेलु मदिरा विक्री वितरण गर्न नपाउँने र प्रहरी, टोल शुरक्षा समिती संयोजकमा सयूंक्र रुपमा अनुगमन गर्ने,वडा अध्यक्षको उपस्थितीमा संयुक्त रुपमा अनुगमन गर्ने तथा आ –आफनो टोलमा गस्ती गर्ने लगाएतका निर्णय गरेको छ ।
छलफलमा वडा न. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरी, वडा न. ४ का वडा अध्यक्ष नेव बहादुर कवँर, वडा न. ३ का वडा सदस्य सुकलाल चौधरी, चखौरा टोल शुरक्षा समिती संयोजक छोटिलाल चौधरी, रावतगाउँ टोल शुरक्षा समिती संयोजक हिरा चौधरी, मिरौली टोल सुरक्षा समिती संयोजक खिम बहादुर थापा, लगाएत ३ र ४ न. वडामा रहेका सुरक्षा समिती संयोजकहरुको उपस्थिती रहेको थियो ।
चाडपर्वको समयमा कोभिड १९ को समयमा सतर्कता अपनाउँनु पर्ने र समाजमा विभीन्न अराजक गतिविधी बढ्न सक्ने भएकाले ईलाका प्रहरी कार्यालय हेकुलीले शान्ती सुरक्षामा ध्यान दिएको प्रहरी नायव निरीक्षक थापाले बताए । दंगीशरणमा शान्ती सुरक्षाको हिसावले राम्रो भएको बताउँदै थप यस्ता गतिविधी नगर्न समेत उनले आग्रह गरेका छन् ।