
दाङ, १९ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् ।
संसदीय दलको सोमबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।बैठकमा मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । बैठकले सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न समेत सांसदहरुलाई ह्वीप लगाएको छ ।
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार