पाँच नम्वर प्रदेशका मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

दाङ, १८ असोज । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री सवार गाडीमा ढुङगा प्रहार भएको छ । कडा सुरक्षाका बीच बुटवल फर्किएका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।बुटवलको मिलनचोक नजिक आन्दोलनकारीले प्रहार गरेको ढुंगाले मुख्यमन्त्रीको स्टटिङमा रहेका प्रहरीका दुइ गाडीमा क्षति पुगेको छ ।

प्रहरीको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।मुख्यमन्त्रीको गाडीमा ढुंगा लागेर क्षति भएको बताईएको छ । शनिबार काठमाण्डौं गएका मुख्यमन्त्री पोखरेल आइतवार गौतमबुद्ध विमानस्थल भैरहवाबाट बुटवल फर्किदै थिए ।ढुंगा प्रहारपछि प्रहरीले बुटवलको मिलनचोकबाट केही आन्दोलनकारीलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ ।

बुटवल टुडेबाट साभार

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया