देशभर ७ सय कैदीलाई कोरोना, आठको मृत्यु

काठमाडौ,१८ असोज ।देशभरका कारागारमा रहेका ७ सय बढी कैदीबन्दीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिएका हुन् ।

त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एक÷एक जनाको मृत्युभएको सापकोटाले बताए । सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया