बाँकेमा संक्रमितको संख्या दुई हजार नजिक पुग्यो

दाङ, १७ असोज । निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै बाँकेमा संक्रमितको दर ह्वातै बढेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या बढेर अहिले दुई हजार नजिक पुगेको छ । जिल्लाका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बाँकेमा कुल संक्रमितको संख्या १९८३ पुगेको बताए । ती मध्ये १५४२ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी, कोरोनाबाट बाँकेमा हालसम्म १८ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म भेरी अस्पतालको प्रयोगशालाको परीक्षणबाट जिल्लामा थप ६ जना संक्रमित थपिएका छन् । अन्य निजी प्रयोगशालाको शुक्रबारको नतिजा आउन बाँकी छ । यसअघि बिहीबार मात्रै बाँकेमा १२ महिला र ५२ पुरुषमा गरेर ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये भेरी अस्पतालको प्रयोगशालामा ३४ जना, नेपालगञ्ज मेडिकल कलेजको ल्याबमा २६ जना र बागेश्वरी ल्याबबाट चार जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए । उनले बिहीबार एकजना मात्र डिस्चार्ज भएको र शुक्रबार कोही पनि निको नभएको बाँकेमा बिहीबार साँझ ९ बजे सम्ममा ६४ जना नयाँ संक्रमित थपिएका थिए ।संक्रमित थपिँदै गएपछि भेरी अस्पतालमा रहेको भेरी विशेष कोरोना अस्पतालमा ७५ शैया थप्ने निर्णय गरिएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले गरेको केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार
प्रतिक्रिया