अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

राष्ट्रपति ट्रम्पले आज  ट्वीट गर्दै आफूहरु कोरोना संक्रमित भएको बताएका हुन् ।

उनले ट्वीट मार्फत आफूहरुले तत्कालै क्यारेन्टाइन बस्न सुरु गरेको र यसलाई साथमै जित्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रवार
प्रतिक्रिया