नेकपाको टोल प्रशिक्षण कार्यक्रम

तुलसीपुर, १५ असोज । नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले तुलसीपुर ५ स्वर्गद्धारी टोलमा टोल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यकर्ताहरुलाई सक्रिय बनाउने तथा जनचेतना फैलाउने उद्देश्यका साथ टोल प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नेकपाले बताएको छ ।

स्वर्गद्धारी टोल कमिटिका अध्यक्ष खोड्सराज पोख्रेलको अध्यक्षता एवं नेकपा पाँच नम्वर प्रदेश विकास समितिका सदस्य प्रेमराज वलीको प्रमुख आतिथ्यता तथा तुलसीपुर नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सोहि अवसरमा नगर कमिटि सदस्य मिनराज भण्डारी, दिपक वली,नगर सचिवालय सदस्य मिनराज वली, वडा कमिटि अध्यक्ष वेद प्रसाद वली,वडा कमिटिका सचिव दरिभान डाँगी, नेकपा नेता पुर्ण रावल ,तुलसा पोख्रेल लगाएतले बोलेका थिए ।

तुल्सीराम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ईन्चार्ज रिषिराज खरेलले गरेका थिए । साथै सोहि अवसरमा टोलका अध्यक्ष दिपक वलीको पहलमा पिडित कमला वलीलाई ७ हजार रुपैया आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया