संविधानमा निःशुल्क, विद्यालयमा शुल्क

ओपेन्द्र बस्नेत
तुलसीपुर, २५ जेठ ।  एक बोरा चामल किनुला भनेर जम्मा गरेको पैसाले छोराको नाम लेखाई दिएँ । ९ पास गरेर १० कक्षामा गएको छोराले सवैले नाम लेखाए, छिट्टो नाम लेखाइदेउ आमा भन्दै झगडा गर्न थालेपछि सेन्टर स्कुलमा गएर नाम लेखाई दिएँ । नाम नभन्ने सर्तमा एक अभिभावकले भनिन् । उनले चामल किन्न सीरानीमुनि राखेको चौंध सय ५० रुपैयाँ मध्य बाह्र सयरुपैयाँ स्कुलमा लगेर बुझाइन । छोराको नाम लेखाउनका लागि ।
‘दैनिक ज्यालामज्दुरी गरेर कमाएको पैसाले घरभाडा तिर्नुप¥यो, घरखर्च चलाउनु प¥यो, कहिलेकाँही बिरामी भइन्छ औंषधीमुलो गर्नुप¥यो, यहि एउटा छोरालाई राम्रहरी पढाउन सकिएको छैन’ उनले दुखेसो पोखिन । यीनी त उदाहरणका पात्र मात्र हुन् । यस्ता धेरै गरिब विपन्न वर्गका परिवारहरु निशुल्क पढाई हुन्छ भन्ने थाहा पाउँदापाउँदै पनि भर्ना र मासीक शुल्क तिरेर पढाउन बाध्य छन् । नियमन गर्ने निकायको लापर्वाहीका कारण दाङका सयौं सामुदायिक विद्यालयहरुले मनपरीरुपमा भर्ना शुल्क लिनेगरेको अभिभावकले गुनासो गरेका छन् ।
सरकारले माध्यामिक तहसम्म निशुल्क पठनपाठनको व्यवस्था गरेपनि दाङका सामुदायिक विद्यालयहरुले त्यो नियमको उलंघन गरेका छन् । उनिहरुले सहयोगका नाममा शुल्क उठाउने गरेका छन् । विद्यालयहरुले कक्षा एक देखिनै भर्ना शुल्क लिने गरेका छन् । विभिन्न विद्यालयहरुले दिएको जानकारी अनुसार कक्षा १० मा न्युनतम ३ सय ५० देखि एक हजार २ सय रुपैयाँसम्म भर्ना शुल्क लिएका छन् । भर्ना शुल्क मात्रै नभई कतिपय विद्यालयहरुले मासीक शुल्क समेत लिने गरेको खुलासा भएको छ । तुलसीपुर उपमहानगरपालिका ४ स्थित गुरुजजुर माध्यामिक विद्यालयले कक्षा छ देखि भर्ना र मासीक शुल्क लिने गरेको छ । भर्ना शुल्क एक सय ५० देखि ३ सय ५० रुपैयाँ सम्म लिएको छ भने मासीक शुल्क एक सय ५० देखि २ सय ५० रुपैयाँ सम्म लिएको छ ।
त्यसैगरी मावि सेन्टर स्कुलले कक्षा एक देखि देखि नै भर्ना शुल्क लिने गरेको छ । कक्षा एक मा २ सय रुपैयाँ लिन सुरु गरेको विद्यालययले कक्षा १० सम्म एक हजार २ सय रुपैया लिने गरेको छ । त्यसैगरी कक्षा ६ र ७ मा एक सय ५० र ८,९ र १० कक्षामा २ सय रुपैयाँ मासीक शुल्क लिने गरेको विद्यालयका लेखापाल माधव ज्ञावलीले जानकारी दिए ।
उता अमर माध्यामिक विद्यालय उरहरीले पनि कक्षामा ६ मा ६ सय र प्रत्यक कक्षामा एक सयका दरले वृद्धि गरेर कक्षा १० सम्म एक हजार रुपैयाँ पु¥याको छ । माध्यामिक तहसम्म दाङमा ४ सय २१ वटा सामुदायिक विद्यालयहरु छन् । अधिकांस सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क लिने गरेका छन् । अभिभाकहरु बोल्न सकिरहेका छैनन् भने सरोकारवाला निकाय थाहा नपाएझै गरेर बसेका छन् । विद्यालयलयहरुले भर्ना शुल्क मात्रै नभई मासीक शुल्क समेत लिने गरेका छन् । सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले अभिभावकलाई अपनत्व महशुस गराउन शुल्क लिने गरेका बताएका छन् । अम्मर माध्यामिक विद्यालयका प्राधानाध्यापक पदम प्रसाद न्यौपानेले निशुल्क शिक्षा हुँदा त्यसको महत्व नहुने भन्दै अभिभाव र विद्यार्थीलाई थप जिम्मेवारीबोध बनाउन शुल्क लिने गरेको बताउनु भयो ।
‘विद्यालयमा निजि स्रोतबाट पनि शिक्षकहरु छन्, सरकारले शिक्षक दिदैन, तीनलाइृ तलव खुवाउनका लागि पनि विद्यार्थीसंग सहयोग शुल्क लिन बाध्य छौ ’ न्यौपानेले भने । यता जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भर्ना र मासीक शुल्क लिएको प्रमाण लिएर आएमा कानुन अनुसार त्यस्ता विद्यालयलहरुलाई कार्वाही गर्ने बताउनुभयो । शिक्षा ऐनमा भर्ना, मासीक, खेलकुद तथा कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने कानुनी व्यवस्था रहेको बताउनुभयो । शिक्षा ऐन आठौ संशोधनमा अभिभावकले विद्यालयलाई आर्थिक तथा भौति सहयोग गर्न पाउने व्यवस्था गरेकाले त्यसैलाई आधारमानेर शुल्क उठाउने गरेको बताउनु भयो । जिशिअ मैनालीका अनुसार भर्ना, मासीक शुल्क लिएपनि रसिदमा सहयोग उल्लेख गर्ने गरेका छन् । संविधानको धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई माध्यामिक तह सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था छ । तर दाङका अधिकांस विद्यलयहरुले कानुनको ठाडो उलंघन गरेका छन् ।

प्रकाशित मिति : २०७४ जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया