नेपालमा संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

काठमाडौ, १४ असोज । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित थपिने दर बढेको छ । बुधवार काठमाडौँ जिल्लामा मात्रै ६९७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ सङ्क्रमित थपिएका छन् ।

त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित १ सय १२ जनामा कोरोना पुष्टि भएको छ । देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गैतमले बुधवार ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । यस्तै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय सङ्क्रमितको संख्या २० हजार ८९१ पुगेको छ । मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन् । यसअघि हिजो १० जनाको मृत्यु भएको थियो भने १ हजार ५१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया