रुकुमकोट बजारको निषेधाज्ञा हटाईयो

दाङ,१४ असोज । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बजारमा जारी निषेधाज्ञा हटाईएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले रुकुमकोट बजारमा लगाईएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।कोरोना संक्रमणको जोखिम बढेपछि एक साता अघिदेखि गरिएको निषेधाज्ञा मंगलवार राति १२ बजेदेखि सकिएको हो ।

गत असोज ७ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा मंगलवार राती सकिए संगै बुधवार बसेको बैठकले खुल्ला गर्ने निर्णय गरेको हो । रुकुमकोटमा निषेधाज्ञा जारी हुनुभन्दा दुई साता अघिदेखि रुकुमकोट बन्द गरिएको थियो । रुकुमकोटमा निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताएका छन् ।

अहिले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ राईको भनाइ छ । जिल्ला वासीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको बारे प्रशासनले निगरानी गर्ने छ ।जिल्लामा अहिले ७४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमा सक्रिय संक्रमितको संख्या ३२ रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया