स्वास्थ्यकर्मी सहित पाँचजना सम्मानित

देउखुरी, १४ असोज ।  लमही जेसिजले सप्ताह कार्यक्रम अन्तरगत सातौँ दिन स्वागत तथा समापन कार्यक्रममा लमही अस्पतालका स्वास्थ्यकर्मी सहित पाँचजनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को कारण आक्रान्त भइरहेको अवस्थामा आफ्नो जीवन जोखिममा राखेर गाउँ÷गाउँमा पुगि नागरिकहरूको स्वाब संकलनमा खटेर संक्रमणबाट हुन सक्ने क्षति न्युनिकरणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै लमही अस्पतालका ल्याव टेक्निसियन सिर्जन पौडेललाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।

यस्तै लमही नगर क्षेत्रलाई प्रदुषण रहित बनाउने अभियानमा अग्रपंक्तिमा रहि आफ्नो दैनिक कार्य सम्पदान गर्दै आएका लमही नगरपालिका फोहोर व्यवस्थापन शाखाका कर्मचारी विरबहादुर चौधरी, फुलराम चौधरी, प्रेम भक्त कुमाल, मिठ्ठलाल कुमाललाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया