१९ दिन देखी बन्द रुकुमकोटको बजार खोल्ने बारे आज वैठक बस्दै

दाङ, १४ असोज । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट बजार खोल्ने विषयमा आज.(बुधवार)जिल्ला संकट व्यवस्थापन समितिको बैठकले छलफल गर्ने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि रुकुमकोट बजारमा अत्यावश्यक बस्तु,पसल, सेवा बाहेक अन्य सवै व्यापार व्यवसाय बन्द गरिएको छ ।

लामो समय सम्म व्यापार व्यावसाय बन्द हुदा आफुहरु समस्या परेको भन्दै व्यापारीहरुले बजार खोल्न दवाव दिएपछि जिल्ला संकट व्यवस्थापन समितिको बुधवार बस्ने बैठकले अझै बन्द गर्ने की बजार खुल्ला गर्ने भन्ने विषयमा निर्णय गर्ने बताईएको छ । हाल दैनिक विहान ६ बजेदेखी १० बजे र दिउँसो ४ बजेदेखी बेलुकी ६ बजे सम्म अत्यावश्यक पसल,सेवा प्रवाह हुदै आएको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया