दाङमा ८६ वटा घर पालुवा जनावरलाई रेविज विरुद्धको खोप

दाङ, १३ असोज । रेबिज अन्त्यको लागि सहकार्य र खोप भन्ने नाराका साथ सोमवार विश्व रेबिज विरुद्धको दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा घोराहीमा घर पालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाईएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही दाङको आयोजनामा घोराहीमा ८५ वटा कुकुर र एक बिरालोलाई खोप लगाईएको छ । रेबिज रोग लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अन्य स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग भएका कारण दिवसका अबसरमा कुकुर र विरालोलाई खोप लगाईएको हो ।

केन्द्रका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षता एवं पाँच नम्वर प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सोहि अवसरमा बोल्दै सांसद डाँगीले रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको बताएका छन् । उनले रेविज रोग एउटा प्राणघातक रोग भएकाले यस प्रति आम नागरिक सचेत हुनु पर्ने बताएका छन् । साथै उनले रोग लाग्नबाट जोगिन नागरिकलाई आग्रह समेत गरेका छन् ।

रेबिज रोगबाट बच्ने उपाय बारे सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको सेप्टेम्वर २८ तारिखमा दिवस मनाउने गरिन्छ । पहिलो पटक खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज विरुद्धको दिवस मनाउने गरिएको छ ।रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गदर्छ । घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुन पानीले धुने र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउने गरिन्छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया