मन्त्रीपरिषदद्धारा निर्देशकमा भण्डारी र राजदूतमा शाक्यलाई नियुक्त

काठमाडौ, ११ असोज । सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ । आईतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जन शाक्यलाई अधिकार दिने निर्णय बैठकले गरेको छ । मन्त्रिमण्डल पुनर्गठनका विषयमा चर्चा चलेपनि आईतवार बसेको बैठकमा यो विषयले प्रवेश पाएन

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया