समृद्धिको मुख्य आधार नै सहकारी

देउखुरी, १० असोज ।
गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै यादवले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताए । शनिवार कालाकाटेमा आयम बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि यादवले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए ।

देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा यादवले जोड दिए ।आयम बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता एवंम् गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया