पहिरोले घर पुरिदा एकै परिवारका बाह्रजना सदस्य विस्थापित

कपिलवस्तु, १० असोज ।कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् ।

‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो कोठामा लाग्यौं । राति दुईबजे एक्कासी घर माथिबाट ठूलो ढुंगा खस्यो । उठेर बाहिर हेर्दा घर छेवैमा माथि पहाडबाट चट्टान जस्तो ठुलो ढुंगा खसेको थियोे । त्यसको विहान ८ बजे एक्कासी माथि पहाड वनको भागबाट पहिरो झ¥यो, घर पु¥यो । पिडित देवकला रावतले  भनिन् ।–। ‘पहिरो झ¥यो सबै घर परिवार चिच्याउदैँ भागाभाग गरेर ज्यान जोगायौँ । तर, घर भित्र रहेका सामान केही जोगाउन सकिएन ।

सबै सामान पहिरोले पु¥यो ।’‘माथिबाट खसेको पहिरोले घर पुरियो । घरमा रहेको सामन र कागजात जोगाउछु भनेर घर भित्र पस्दा पहिरोले २६ वर्षिय कान्छो छोरो अशोक रावतको खुट्टामा गम्भीर चोट लागेको छ । अन्य घर परिवारलाई भने केही भएन । छोरालाई उपचारको लागि बुटवल अस्पतालमा भर्ना गरेकी छु, पिडित रावतले भनिन् ।’

सम्पत्तिको नाममा रहेको यहि घर थियोे । त्यहि घर पनि बिहिवार राति दुई बजे आएको पहिरोले लग्यो । घर पुरिएपछि छरछिमेकीको घरमा आश्रीय लिएर खाना खादै आएको रावतका श्रीमान् यज्ञबहादुर रावतले भनिन् ।,–। ‘अन्य उपाए केही छैन । घरसंग संगै घरमा रहेको सम्पूर्ण सामान पहिरोले पु¥यो । खेतीपाती गर्ने जग्गा जिमिन छैन । केही सामान निकाल्न पाएनौं पहिरो झर्दा । ज्यान मात्रै बचाउ सक्यो । छरछिमेकको घरमा पालैपालो खाने बस्ने गरेका छौ । घर माथि साजको रूख ढलेको छ ।’

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया