सप्ताह कार्यक्रमा निलसागर आश्रमलाई अत्यावश्यक सामाग्री सहयोग

देउखुरी, १० असोज । लमही जेसिजले सिसँहनियमा रहेको निलसागर आश्रमलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ । लमही जेसिजको सप्ताह कार्यक्रम अन्तरगत शनिवार सिसँहनियामा रहेको निल सागर आश्रममा पुगेर अत्यावश्यक सामाग्रीहरू हस्तान्तरण गरेको सप्ताह कार्यक्रम संयोजक मुकेश चौधरीले जानकारी दिए ।

निलसागर आश्रमका संयोजक प्रकाश विष्टको अध्यक्षता एवंम् लमही जेसिजका अध्यक्ष सपना पाण्डेको प्रमुख अतिथिमा सामाग्री सहयोग हस्तान्तरण कार्यक्रममा खाना खाने चारवटा टेबुल, दशवटा कुर्सी, दुई बोरा चामल, एक बोरा दाल गरि करिब पन्ध्र हजार बराबरको सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक मुकेश चौधरीले जानकारी दिए ।

कार्यक्रममा लमही जेसिजका पूर्वअध्यक्ष हरिबहादुर कुवँर, पत्रकार ओमप्रकाश गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण महासचिव जयप्रकाश पौडेलले गरेका थिए ।यस्तै आश्रममा रहेको ३१ जनालाई निशुल्क मास्क वितरण गरिएको थियो भने एघार गते केशव दिपक शर्माको संयोजकमा लमहीमा जेसिजको होर्डिङ बोर्डको स्थापना कार्यक्रम रहेको सप्ताह निर्देशक दुलमदास चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया