थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

सङ्क्रमितको सङ्ख्या ७२ हजार नजिक

काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १० हजार १९ जनाको पिसिआर परीक्षणमा १२०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार १४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५३ हजार १३ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.८ प्रतिशत हो । देशभर १८ हजार ३४१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ३३१ जना छन् ।

गिता खड्काद्धारा आर्थिक सहयोगको याचना

पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ४६७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया