गिता खड्काद्धारा आर्थिक सहयोगको याचना

दाङ, १० असोज । सल्यानकी एक मृगौला पिडित महिलाले आफनो जिवन बचाई दिन सवैमा अपिल गरेकी छिन् । जिल्लाको शारदा नगरपालिका वडा नम्वर ७ बस्ने ३३ बर्षिया गिता खड्काले आफनो दुवै मृगौलामा खराबी आएकाले उपचारमा आर्थिक समस्या भएको भन्दै सवैसंग सहयोगको याचना गरेकी छिन् ।मृगौला पिडित महिलाले विगत तिन वर्ष देखी औषधी सेवन गरे पनि निको हुनेको साटो झनै समस्या भएकाले अब मृगौला नै फेर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।

आफु संग भएको पैसाले आज सम्म उपचार गर्दा सकिएको हुदा अब मृगौला नै फेर्नुपर्ने अवस्था आएपछि कसरी उपचार गर्ने भन्ने चिन्ता भएको उनले बताएकी छिन् । विगत ८ बर्ष देखी श्रीमान् विदेश बसेर कमाएको पैसा र घरको सम्पत्तीले औषधी उपचार गदै आएको हुदा हाल भए जतिको सवै पैसा सकिएपछि आफु थप समस्या परेको उनको भनाई छ ।

आफना दुई छोरा पनि साना भएको बताउदै उनले चिकित्सकको सल्लाह अनुसार काठमाडौ जानुपर्ने भएता पनि पैसा नहुदा समस्या भएको बताएकी छिन् । हाल दाङ तुलसीपुरमा आफन्तीको घरमा बस्दै आएकी उनले हप्तामा दुई पटक लमहीमा डाईलासिस गराउदै आएको बताएकी छिन् ।हप्तामा दुई पटक डाईलासिस र हप्तामा तिन पटक रगत चढाउनु पर्ने भएता पनि अहिले आर्थिक अभावका कारण समस्या भएको भन्दै सहयोग गरिदिन उनले सवैमा आग्रह गरेकी छिन् । सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले ९८४५२०४२३६ मा सम्पर्क गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार
प्रतिक्रिया