पूर्वअध्यक्ष सहित उन्नचालिस जनाले गरे रक्तदान

दाङ, ९ असोज / जिल्लाको लमहीमा रक्तदान शिविरमा ३९ जनाले रक्तदान गरेका छन् । लमही जेसिजले आयोजना गरेको जेसिज सप्ताहको दोस्रो दिन रक्तदान शिविरमा ३९ जनाले रक्तदान गरेको सप्ताहका कार्यक्रम संयोजक कविराज पोख्रेले जानकारी दिए ।   रगको अभावले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले लमही जेसिजको सप्ताह कार्यक्रम अन्तरगत लमहीको जिमार्टमा रक्तदान शिविरको आयोजना गरेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले बताए ।

रगतको अभावले धेरै अकालमै ज्यान गुमाउनु परेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै सप्ताह कार्यक्रममा रक्तदान शिविर संचालन गरिएको अध्यक्ष पाण्डेको भनाई छ ।

लमही जेसिजका अध्यक्ष सपना पाण्डेको अध्यक्षता एवं रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपानेको प्रमुख अतिथिमा रक्तदान शिविरमा नेपाल जेसीजका ट्रेनिङ कमिसनका जेसी वीरसिंह महरा, लमही जेसीजका पुर्वअध्यक्ष जेसी बिनोदकुमार पाण्डे, शिवशंकर गुप्ता, वसन्तकुमार भाण्डारी लमही जेसीजका महासचिव जेसी जयप्रकाश पौडेल सहित ३९ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपाने, प्राविधिक इच्छा बुढा मगर, भिमा डिसी, कर्मचारी गोपीचन्द्र चौधरी, दिलिप चौधरी लगायतको प्राविधिक टिम खटिएको थियो । यस्तै शनिवार मुकेश चौधरीको संयोजकमा सिसँहनियाको निलसागर आश्रममा अत्यावश्यक सामाग्री सहयोग गर्ने कार्यक्रम रहेको सप्ताह निर्देशक दुलमदास चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया