आहा अभियानद्धारा १६ घरपरिवारलाई खाद्यन्न वितरण

तुलसीपुर, ८ असोज । तुलसीपुरमा गरिव,विपन्न तथा असाहायलाई राहात वितरण गरिएको छ । आहा तुलसीपुर अभियानको पहलमा तुलसीपुरका चार वडाका १६ घरपरिवारलाई राहात स्वरुप खाद्यन्न वितरण गरिएको अभियानका संयोजक दिपक काफलेले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका कार्यालय संग समन्वय गरी उनीहरुलाई खाद्यन्न वितरण गरिएको हो । तुलसीपुर वडा नम्वर ३, ५,६ र ९ का अति विपन्न, शारीरीक अपाङगता भएका, एक महिला, दृष्टिविहिन जस्ता असाहायलाई खाद्यन्न वितरण गरिएको संयोजक काफलेले जानकारी दिएका छन् । उनका अनुसार प्रतिघर परिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर खानेतेल, नुहाउने र कपडा धुने सावुन वितरण गरिएको हो । उक्त खाद्यन्न सम्वन्धित वडाका जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा वितरण गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया