पाल्पामा पहिरोमा पुरिएका पाँच जना अझै भेटिएनन्

फाईल फोटो

दाङ, ८ असोज । पाल्पामा पहिरोमा परेका पाँच जना अझै भेटिएका छैनन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ मा पहिरोले घर पुरिदा २७ बर्षिया मोतिसरा गाहाको मृत्यु भएको छ भने अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार सोहि वडाको फोक्सिङकोटमा ६० बर्षिय होम बहादुर गाहाको पहिरोले घर पुरिदा उनी सहित पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० बर्षिया धनीसरा गाहा, १७ बर्षिया कृष्णमाया गाहा, १४ बर्षिय खुवीसरा आले र ८ बर्षिया बालिका लक्ष्मी गाहा रहेको प्रहरीले बताएको छ । यो समाचार तयार पार्दा सम्म उनीहरु बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य भईरहेको छ । अहिले पनि त्यहा पानी परीरहेकाले खोजीकार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया