देउखुरीमै पहिलोपटक उपचारपछि निकाे भए सर्पले डसेका विरामी 

देउखुरी, ८ असाेज / देउखुरीमा पहिलोपटक सर्पदंशकाे उपचार पश्चात् दुईजना सर्पले डसेका विरामी निकाे भइ घर फर्किएका छन् ।

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवा  पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षिय तुल्ला जोगि (मुसलमान)  काे औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षिय बालक रामकृष्ण पौडेलकाे  खुट्टाको गोलि- गाठोमा सर्पले  डसेपछि उपचारको लागि बुधबार गढवाकाे सर्पदंश उपचार केन्द्रमा अाउनु भएको थियोे ।

उनिहरू दुबैजना सफल उपचारपछि डिस्चार्ज गरिएकाे देउखुरी सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक जिवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसभन्दा पहिला सर्पले डसेका विरामीहरू कपिलवस्तुकाे गाेरूसिंङे, समशेरगंग उपचार गराउदै अाएका थिए । गढवामा उपचारपछि सर्पले डसेका विरामीहरू बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया