रुकुम हत्या प्रकरण :आज सुनुवाई हुदै ,न्यायको माग रादै नारावाजी

दाङ,८ असोज । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा नवराज बिक सहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा २८ जनाविरुद्ध परेको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दाको सुनुवाई सुर्खेत उच्च अदालतमा भइरहेको छ ।विहिवार सुनुवाई जारी रहँदा अदालत बाहिर नवराज बिकसहित ६ जनाको न्यायको पक्षमा नाराबाजी भइरहेको छ। यसअघि गएको भदौ २५ गते उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको छ।

रुकुम पश्चिम, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरुको सक्कल मिसिल’ मगाउने आदेश दिएको थियो ।घटनापछि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुट मुद्दामा बाल सुधारमा रहेका २ र पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए ।

जिल्ला अदालत रुकुममा घटनामा संलग्न ३४ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा दायर गरिएको थियो।
गत जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा मृत्यु भएको ६ जनामध्ये चारजना दलित समुदायका थिए। ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो।घटनाबारे गृहमन्त्रालयद्धारा गठित समिति, संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय टोली, जिल्ला प्रहरी कार्यालय लगायतले अनुसन्धान गरेका थिए।

 

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया