वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवनप्रभावित, स्याङजा र पाल्पामा पहिरो जादा दुई जनाको मृत्यु, दर्जनौ वेपत्ता

फाईल फोटो

दाङ,८ असोज । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । देशभरि पानी परिरहेको छ ।स्याङजा र पाल्पामा गएराति पहिरो जाँदा १ जनाको मृत्यु भएको छ, १४ जना वेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामाअविरल वर्षापछि विहिवार बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । घर पुरिँदा ६ जनावेपत्ताभएका छन । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको प्रहरीले बताएको छ ।

त्यस्तै स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ , ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।वालिङ नगरपालिका वडा नम्बर १४ मामाया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १०जना रहेकामाअहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।यसैबीचनारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमापहिरो खसेसँगै सडक अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा गएराति फेरि पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार राति लेदो सहित पहिरो खसेकाकारण सडक अवरुद्ध भएको हो ।

बुधवार देखि परेको अविरल वर्षाले पर्वतका विभिन्न ठाउँमा पहिरोले बस्ती जोखिममा परेको छ । जिल्लाको जलजलागाउँपालिका– ८ फर्सेमा एक घर पुरिएको छ भने २५ घर विस्थापित भएका छन् ।कालीगण्डकी करिडोरको मालढुंगा बेनी सडक समेत पहिरोले पुरिएको छ । म्याग्दीजोड्ने झोलुङ्गे पुल समेत पहिरोले पुरेको छ । निरन्तर वर्षा भएकाले खोलाखोल्सी बढेर थप जोखिम भएको छ । उता पर्वतको फलेवास ६ देबिस्थानमापहिरोले बस्ती जोखिममा परेको छ । कालीगण्डकी करिडोर बाट पहिरो झर्न थालेपछि देबिस्थानको राहाले, फेदी र डण्डारेखोला सम्म करिव ९० घरधुरी पहिरोको जोखिममा परेका हुन् ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया