बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु

फाईल फोटो

दाङ,८ असोज । कपिलबस्तु वाणगङ्गा नगरपालिका ७ को कजवेमा बाढीले विद्युत् प्राधिकरण जीतपुर फ्युज शाखाको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।मोतीपुर भलवाड सडक खण्डमा रहेको कजवेमा आएको बाढीले जितपुरमा रहेको स्विच सेवाको बा १ ञ १०८९ नम्बरको गाडी बगाएको हो ।

गाडीमा प्राधिकरणको जितपुर स्विच सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेलसहित चार जना प्राधिकरणका कर्मचारी र अन्य दुई जना बाटोमा लिफ्ट मागेर चढ्ने नागरिक थिए । बेपत्ता दुई जनामध्ये गाडीका चालक माधवप्रसाद पाण्डेको शव भेटिएको छ । स्विच सेवा इन्चार्ज पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशवप्रसाद भाट भने बेपत्ता रहेको घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

गाडीलाई बाढीले बगाउँदै गर्दा गाडीबाट हाम फालेर तीन जनाले ज्यान जोगाएका छन् । विद्युत् कर्मचारीहरु विजय पोख्रेल, परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगङ्गा नगरपालिका ९ की शिक्षिका कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएको बताईएको छ ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया