जन्मदिनमा जेष्ठ नागरिकलाई खाद्यान्न र फलफूल वितरण

देउखुरी, ७ असोज । लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर असाहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर गरेका छन् । २९ औँ जन्मदिनको अवसरमा बुधबार अधिकारीले आश्रममै पुगेर पचाँस किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरेको उनले बताएक छन् ।

फजुल खर्च गरे जन्मदिन दिन मनाउनु भन्दा असाहाय र दुखी लाई सहयोग गरेको उनले बताएक छन् । फजुल खर्च गर्ने र विभिन्न पार्टीको आयोजना गरि साथि भाइसंग रमाइलो गरि जन्मदिन मनाउने गरेको पाइन्छ तर, मैले फजुल खर्च नगरि असहाय, अशक्त र जस्को कोहि छैन त्यस्ता दिन दुखिलाइ केही भएपनि सहयोग गर्ने उदेश्यले आश्रममा पुगेर खाद्यान्न र फलफूल सहयोग गरि जन्मदिन मनाएको छु उनले भने ।

अहिले कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । यस्तो महामारीको बेला सरकारले भिडभाड नगर्न अपिल पनि गरेको छ । सरकारले गरेको अपिललाई मध्यनजर गर्दै दुईजनाको सहभागीतामा आश्रमका संयोजक प्रकाश विष्टलाई खाद्यान्न र फलफूल हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया