लमही जेसिजले सप्ताह कार्यक्रम गर्ने

देउखुरी, ७ असोज ।  लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउने भएको छ । विहिवार देखी सुरु हुने सप्ताहमा लमही जेसिजले लमहीमा विभिन्न सचेतना मुलक कार्यक्रम गर्न लागेको हो । प्रत्येक वर्षझै यसवर्ष पनि लमही जेसिजले जेसि निर्मला चौधरीको संयोजकमा लमही जेसिजको उद्घाटन तथा वृक्षारोपण, शुक्रवार कविराज पोख्रेलको संयोजकमा रक्तदान, शनिवार मुकेश चौधरीको संयोजकमा सिसँहनियाको निल सागर आश्रममा अत्यावश्यक सामाग्री सहयोग, आईतवार केशव दिपक शर्माको संयोजकमा लमही जेसिजको होर्डिङ बोर्डको स्थापना, सोमवा फणाधर ढकालको संयोजकमा कोभिड १९ सम्बन्धि मास्क प्रयोग तथा व्यवस्थापन सम्बन्धि सचेतना अभियान कार्यक्रममा गर्ने भएको छ ।

यस्तै मंगलवार झलकसिंह रसाइलीको संयोजकमा लमहीमा साइकल रेस र बुधवार लोकमान रिजालको संयोजकमा स्वागत सम्मान तथा समापन कार्यक्रम रहेको लमही जेसिजका अध्यक्ष सपना पाण्डेले जानकारी दिए । सप्ताह कार्यक्रममा मास्क र सेनिटाईजरको प्रयोग, सामाजिक दुरि कायम र स्वास्थ्य मापदण्ड अनुसार विभिन्न कार्यक्रमको आयोजना गरिने जेसिज सप्ताह निर्देशक दुलमदास चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया