पत्रकार महासंघ दाङमा एक लाखको अक्षयकोष स्थापना

दाङ, ५ असोज ।  नेपाल पत्रकार महासंघ शाखा दाङमा थप अक्षकोष स्थापना गरिएको छ । गत बर्ष मोटर साइकल दुर्घटनाबाट मृत्यु भएका लमही नगरपालिका वडा नम्बर १ कौडीयाका दिपक भट्टराईको सम्झनामा परिवारको तर्फबाट एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको स्वर्गिय भट्टराइको पिता चन्द्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

छोराको सडक दुर्घटनामा मृत्य्ु भएका कारण विशेषगरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषको रकमको चेक महासंघ दाङकी उपाध्यक्ष लिला शाहलाई हस्तान्तरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा) प्रदेश ५ का सल्लाहकार समेत रहेका भट्टराइको अध्यक्षता तथा केन्द्रिय सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले भट्टराई परिवारबाट सामाजिक सेवामा पु¥याएको योगदानको चर्चा गर्दै जनयुद्धको समयमा उनीहरुको योदान अतुलनिय रहेको बताए । यस्तै केन्द्रिय सदस्य शर्माले मृत्यु संस्कारमा गरिने आनावश्यक खर्चलाई कटाएर सामाजिक क्रियाकलापमा लगाउन सके त्यसले सकरात्मक परिणाम दिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लिला शाहले पत्रकार महासंघ प्रति विश्वास गरेर अक्षयकोष स्थापना गरेको भन्दै भट्टराई परिवारलाई धन्यवाद ज्ञापन गर्दै अक्षयकोषको उच्च सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया