तुलसीपुरमा कृषकलाई आज अनुदानमा तोरी विउ वितरण गरिदै

तुलसीपुर , ५ असोज । तुलसीपुर उपमहानगरपालिका अन्र्तगत रहेको कृषि विकास शाखा कार्यालयले आज (सोमवार) देखी किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नती तोरीको विउ वितरण गर्ने भएको छ । कार्यालयले गएको भदौमा तुलसीपुर क्षेत्रका १९ वटै वडाबाट किसानहरुको निवेदन माग गरेको थियो ।

सोहि आधारमा झन्डै २५० जना किसानहरुले विउ माग गरेका थिए । उनीहरुलाई आज देखी उन्नती जातको तोरीको विउ वितरण गरिने कार्यालय प्रमुख धनराज गौतमले जानकारी दिएका छन् । माग गरेका किसानलाईलाई आईतवार देखी नै सम्पर्क गर्न सुरु गरिएको छ ।तोरीको विउ छर्ने समय आएकाले किसानहरुलाई उन्नती जातको तोरीका विउ वितरण गर्न लागीएको हो । कार्यालयमा नाम टिपाएका तर सम्पर्क नभएकाहरुलाई सम्पर्कमा आउन आग्रह समेत गरिएको छ । कार्यालयले वितरणका लागी २५ क्वीन्टल तोरीको विउ खरिद गरेको छ ।

किसानहरुलाई केहि सहुलियत होस् भनेर पचास प्रतिशत अनुदानमा उन्नती तोरीको विउ वितरण गर्न लागीएको हो । किसानद्धारा उन्नती विउको अत्यधिक माग भईरहेको कार्यालय प्रमुख गौतमले बताएका छन् । तर बाहिरबाट खरिद गर्नुपर्ने भएकाले किसानहरुको माग अनुसार सरकारी अनुदानबाट वितरण गर्न नसकीएको उनले बताएका छन् । उन्नत जातका विउबाट उत्पादन बढि हुने भएकाले पछिल्नो समय किसानहरुको यस प्रति आर्कषण बढ्दै गएको छ । कार्यालयले किसानहरुलाई हरेक वर्ष खेती गर्ने समयमा धान, गहुँ, मकैका विउहरु समेत वितरण गदै आएको छ ।

प्रकाशित मिति : २०७७ असोज ५ गते सोमवार
प्रतिक्रिया