शान्तिनगर गाउँपालिका कार्यालयमा थप ४ जनामा कोरोना संक्रमण

तुलसीपुर, ३ असोज  / शान्तिनगर गाउँपालिकाको कार्यालयमा थप ४ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा गाउँपालिका कार्यालयका स्टोर, शिक्षा, योजना र भान्सेमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख हरी पुनले जानकारी दिए ।अन्य ११ जना विभिन्न वडाका नागरिक हुन् ।

पिसिआर परीक्षणका लागि भदौ ३० गते ४६ जनाको स्वाव संकलन गरिएको थियो । यस अघि प्रमुख प्रशासकीय अधिकृत सहित २ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार
प्रतिक्रिया