एमाले तुलसीपुरको निर्वाचन लक्षित कार्यक्रम सार्वजनिक

तुलसीपुर, जेठ २२

तुलसीपुर नगरपालिका निर्वाचन परिचालन कमिटीले तुलसीपुर उपमहानगरपालिकामा निर्वाचन लक्षित कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुर अञ्चल पाटी कार्यालयमा वसेको प्रचार संयोजकहरुको भेलाले विभिन्न आमसभाहरुको कार्र्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार २४ गते विहान ११ वजे कोठरीमा , २५ गते विहान ११ वजे गौरीगाँउ र ३ वजे कटाहा, २६ गते १२ वजे जनमुखि प्रावि हरिपौरी र ३ वजे जसपुरडाँडामा आमसभा गर्ने भएको हो । त्यसैगरि २७ गते ११ वजे खाद्रे, ३ वजे वनहरी,२९ गते फुलवारीको रनियापुर, ३० गते विहान ८ वजे हर्नेटी,१ वजेपछी दमारगाउँ, नाउँला र भटेकुला अनि ३१ गते १ वजे वालसँगिनी र ३ वजे वालापुरमा आमसभा गर्न भएको प्रचार संयोजक शोभाराम वस्नेतले वताए । तुलसीपुरमा भएको भेलामा मेयरमा उम्मेदवार घनश्याम पाण्डेले यसपटकको स्थानीय  निर्वाचनमा एमालेले पुरानो साँख दोहोर्याउने वताएका थिए । कार्यक्रमको सञ्चालन जोगवहादुर रानाले गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया