सामुदायिक वन समुहद्धारा सडकबाटो ग्राभेल

शान्तिनगर३१ भदौ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सुन्दर सामुदायिक बन उपभोक्ता समूहले साबिक शान्तीनगर गाविस वडा नम्बर ८ अन्र्तगत गबदुवाका विभिन्न टोलका सडक बाटाृेमा १ लाख बराबरको ग्राभेल हाल्नुको साथै बाटो मर्मत गरेको छ । गएको साउन र भदौ महिनामा आएको अबिरल बर्षाले ग्रामिण बस्तीका बाटोहरु हिलाम्मे र खाल्डाखुल्डी परे पछि बन समुहका उपभोक्ताहरुले बाटो ग्राभेल तथा मर्मत गरिदिन आग्रह गरेका थिए ।

सोहि अनुसार ती बाटोहरुमा मर्मत कार्य सम्पन्न गरेको समुहका अध्यक्ष बालाराम पौडेलले जनाएका छन। साथै सामुदायिक बनले गएको आर्थिक बर्षमा विभिन्न सिचाइ कुलो निर्माण , बन संरक्षणको लागि तारबार, खेककुद मैदान , नयाँ मोटर बाटो निर्माण गरि झन्डै १५ लाख बराबर बजेट खर्च गरेको अध्यक्ष पौडेलले बताएका छन् । साथै समूहले बुद्ध माध्यमिक बिद्यालय शान्तिपुरलाई १ सय १८ क्युफिट लकडी समेत उपलब्ध गराएको छ। उक्त सामुदायिक बन तीन बर्ष अघि देखि बैज्ञानिक बन ब्यबस्थापनमा परिणत भै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको जनाइएको छ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया