घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध

फाईल फोटो 

तुलसीपुर, २९ भदौ । लगातार बर्षातका कारण घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध बनेको छ । गएराती देखी आएको अविरल बर्षातले हापुरखोलामा बाढि आउदा तुलसीपुर घोराही सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बाढिका कारण खोलामा पानी बहाव बढेपछि आवगमन रोकीएको छ ।

जसले गर्दा सवारी साधनहरु पनि विहानै देखी रोकीएको प्रहरीले बताएको छ । यता जल तथा मौसम विभागले दाङ सहित विभिन्न स्थानमा बर्षा भईरहेकाले नदी तथा तटिय क्षेत्रका बासीले सजगता अपनाउन आग्रह गरेको छ । दाङमा पनि गएराती देखी विभिन्न स्थानमा बर्षा भएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार
प्रतिक्रिया