कोरोना प्रभावित……

घोराही पहिलो ,तुलसीपुर तेस्रो स्थानमा

तुलसीपुर २८ भदौ ।दाङमा कोरोना प्रभावित हुने मध्ये तुलसीपुर उपमहानगरपालिका तेस्रो सुचिमा परेको छ । जिल्लाका दश वटा स्थानिय तह मध्ये कोरोना संक्रमित संख्याको आधारमा घोराही उपमहानगरपालिका पहिलो,बंगलाचुली गाउँपालिका दोस्रो र तुलसीपुर उपमहानगरपालिका तेस्रोमा परेको छ ।स्वास्थ्य सेवा कार्यलय दाङका अनुसार हालसम्म घोराहीमा ३४६ जना , बंगलाचुली गाउँपालिकामा १६० जना र तुलसीपुर उपमहानगरपालिकामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस मध्ये घोराही र तुलसीपुरमा अझै सक्रिय संक्रमितको संख्या धेरै रहेको छ भने बंगलाचुली गाउँपालिकामा शुन्य रहेको छ । त्यस्तैगरी शान्तीनगर गाउँपालिका ३८ जना, राप्ती गाउँपालिकामा ४० जना, गढवा गाउँपालिकामा ४९ जना, राजपुर गाउँपालिकामा २२ जना, बबई गाउँपालिकामा ३२ जना, लमही नगरपालिकामा ३५ जना र दंगीशरण गाउँपालिका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दाङले जनाएको छ । अन्य चार भने ठेगाना नखुलेको कार्यालयले बताएको छ । जसमा अधिकांस पालिका स्तरका संक्रमित निको भईसकेका छन् ।

तुलसीपुरका अधिकांस वडा कोरोना उच्च जोखिममा
तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा कोरोना जोखिममा रहेका छन् ।जस मध्ये अधिकांस वडा उच्च जोखिममा रहेका छन् । उपमहानगरपालिकाले कोभिड १९ जोखिमको एकिङ पहिचान नगरेता पनि संक्रमितको हिसाबले अधिंकास वडा कोरोनाको उच्च जोखममा रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार संक्रमितको संख्यालाई आधार मान्ने हो भने वडा नम्वर ५, ६ ,२,३,८,११, १५,१६,१८,१९ वडा बढि जोखिममा रहेका छन् । तुलसीपुर ५ र ६ नम्वर वडा बजार क्षेत्र संग जोडिएको मानिसहरुको बढि भिडभाड तथा आवतजावत हुने क्षेत्र भएकाले पनि ती वडाहरुलाई कोरोना उच्च जोखिम क्षेत्र मानिएको केसीले बताएका छन् ।

त्यस्तैगरी बाहिरी देशबाट ती वडाहरुमा मानिसहरुको आउने क्रम नरोकीएको हुदा पनि कोरोनाको जोखिम मानिएको हो ।साथै समुदाय स्तरमा पनि कोरोना संक्रमण देखीएको हुदा तुलसीपुरका अधिंकास वडाहरु कोरोनाको उच्च जोखीमको सुचीमा रहेका छन् ।तुुलसीपुर क्षेत्रका बाँकी अन्य वडा पनि कोरोनाको जोखिममा रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २८ गते आइतवार
प्रतिक्रिया