आज विश्व प्राथमिक उपचार दिवस

तुलसीपुर, २७ भदौ । विश्व प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको छ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनलाई विश्व प्राथमिक उपचार दिवसका रूपमा संसारभर मनाउँदै आइएको हो । यस वर्ष भने विश्वव्यापी महामारी कोभिड–१९ को कारण नेपाल रेडक्रस सोसाइटीले फरक ढंगले कार्यक्रम मनाउने भएको छ ।

सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र लेख रचना आदिका प्रतियोगितात्मक गतिविधिहरू आयोजना गरेर मनाउन लागेको नेपाल रेडक्रसका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
प्रतिक्रिया