घोरीही ज्यामिरे दहमा डुवेर एक युवकको मृत्यु

तुलसीपुर, २५ भदौ । दाङको घोराहीमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको बुधवार मृत्यु भएको छ ।घोराही १३ ज्यामिरे दहमा डुवेर कमलघारी निवासी २२ बर्षिय जिवन बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथीहरु संग पौडी खेलन गएको उनी डुवेर वेपत्ता भएका थिए । उनको जिल्ला प्रहरी कार्यालय दाङको टोलीले खोजी गरी मृत अवस्थामा शव फेला पारेको प्रहरीले बताएको छ । यस अघि घोराही ४ स्थित भकारे कृतिम जलाशयमा डुवेर एक युवकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया