पिसिआर रिपोर्ट नआउँदासम्म स्वास्थ्य चौंकी सिल गरिने

तुलसीपुर, २३ भदौ ।पिसिआर रिपोर्ट नआउँदासम्म स्वास्थ्य चौंकीबाट सेवा सुरु नगर्ने तुलसीपुर उपमागनरपालिकाले जनाएको छ । गएको शनिबार स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुरमा कृयापुत्रीको घरसहित तीन वटा स्वास्थ्य चौंकी सिल गरिएको तुलसीपुर उपमहानगरपालिका कोभिड –१९ का फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

‘स्वास्थ्य चौकीमा कोरोना संक्रमण भएका व्यक्ति भेटिदा भेटिदै सेवा सुरु गर्नु त भएन नि ,’ फोकल पर्सन केसीले भने–‘समुदायमा कोरोनको संक्रमणमा अझै वृद्धि नहोस भन्ने उद्देश्यले सिल गरेर सेवा बन्द गरेको हौ । नागरिकलाई दुःख दिन होइन ।’

फोकल पर्सन केसीका अनुसार, पवनगर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्र, मानपुर स्वास्थ्य चौकी, बालापुरमा रहेको क्वारेन्टाईन र तुलसीपुरको ११ नम्बर वडामा रहेको कृयापुत्री बस्ने घर सिल गरिएको हो । अन्य स्वास्थ्य चौकीमा एक÷एक जना भेटिएपनि मानपुरमा भने ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले सोमबार ६० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको छ । स्वास्थ्य महाशाखाले पवननगर स्वास्थ्य चौकीबाट ९ , हेमन्तपुरबाट २, मानपुरबाट ७, क्वारेन्टाईनबाट २२ र कन्ट्रयाक टे«सिङका आधारमा २० जनाको सहित ६० जनाको स्वाब संकल गरेको हो । रिपोर्टका आधारमा मात्रै स्वास्थ्य चौकीबाट सेवा सेवा गर्न सकिने स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया