तुलसीपुर, २१ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ५ मा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काले दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्नेमा जोड दिनुभएको छ । राजधानी बनाउने योजना अनुरुप नै तुलसीपुर र घोराही नगरपालिकालाई उपमहानगरपालिका बनाएको बताउनु भयो । प्रादेशिक राजधानी मात्रै भनेर नपुग्ने भन्दै उहाँले त्यसका लागि आधारहरु तयार गर्नु पर्ने बताउनु भयो ।
सो अवसरमा मेयरका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर बजारलाई पश्चिम दाङकै व्यापरिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनु भयो योजना र भिजन नभएको व्यक्ति आउँदा तुलसीपुर बजार मानपुर बजारजस्तै हुन सक्ने भन्दै त्यसतर्फ सजग र सचेत हुन मतदातालाई आग्रह गर्नुभयो । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ५ का वडाअध्यक्षका उम्मेदवार मिनराज वलीकोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपमेयरका उम्मेदवार माया आचार्य लगाएतले बोल्नु भएको थियो । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीका उपाध्यक्ष रामप्रसाद चालीसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य पदका उम्मेदवार शेवकराम भण्डारीले गर्नु भएको थियो ।