नेपाल–भारत सीमा क्षेत्रका नाकाबासीलाई जस्तापाता वितरण

कोइलाबास, २२ भदौ ।  गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाका निवासी सेतु गुरुङको घर खरले छाएको छ । नेपाल–भारत सीमा क्षेत्र वनको छेवैमा गुरुङको घर खरले छाएको सजिलै देख्न पाइन्छ । सोमबार प्रदेश नं. ५का सांसद इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष सद्दाम सिद्दिकिले संयुक्तमा गुरुङलाई वडा कार्यालयमा बोलाएर जस्तापाता वितरण गरे । ‘अव घरमा खर हैन, टिनका छाना छाउछु । वर्षायाममा घर चुहिएर रातभरी जागराम हुने बाध्यता अन्त्यभयो । अव सजिलै निद्रा पर्नेभयो, गुरुङले भने ।’

नेपाल–भारत सीमा क्षेत्र दाङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापाता वितरण गरिएको छ । वडा कार्यालयले गरेको आर्थिक वर्षको ७ लाख रुपैयाँ बजेटबाट वडाका २५ घरधुरीको लागि जस्तापाता वितरण गरिएको हो । गढवा गाउँपालिका वडा नम्बर ८ अन्तरगत पर्ने कोइलाबास, डाँडा गाउँ जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिए । उहाँले भन्नुभयो,–। ‘गर्मी मौसममा खरका छानामा आगलागीको खतरा हुने भएका कारण आफ्नो कार्यअवधिभर वडाका सबै घरको खरको छाना हटाउने योजना बनाएको छु ।’ जस्तापाता कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाउने जानकारी दिँदै, वडाध्यक्ष सिद्दिकिले स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिलाई सल्लाह र सुझाव दिन आग्रह गर्नुहुदैँ, सुरक्षित आवासको ग्यारेण्टी वडा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच वडा कार्यलयबाट जस्तापाता पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ तिलसरी गुरुङ्ले भने । जस्तापाता वितरण कार्यक्रममा प्रदेश ५ का सांसद इन्द्रजीत थारुले सुरक्षित आवासको ग्यारेण्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘टिनको छानोबाट यसको सुरुवात गरिएको छ । तीन तहकै सरकारले जनता आवासको ग्यारेण्टीको कार्यक्रमहरु ल्याएका छन्, सांसद थारुले भने । प्रदेश ५ को सरकारले जनता आवास कार्यक्रम लागू गरी अति विपन्न र दलित समुदायको आवास निर्माण गरिरहेको स्मरण गराउँदै सांसद थारुले कोइलाबास क्षेत्रमा पनि जनता आवास कार्यक्रममार्फत तीनवटा घर बनाउने योजना रहेको बताए । खरका छाना हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निती कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताए ।

गतबर्ष कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यसबर्ष २५ जनालाई जस्तापाता वितरण गरिएको अध्यक्ष यादवले बताए । यसबर्ष सुरक्षित आवास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका तिन सय उनानब्बे घरधुरीमा जस्तापाता लगाउने तयारी भैरहेको उनले बताए । गढवा गाउँपालिका वडा नम्बर १ ले गत अर्थिक बर्ष २०७६÷०७७ को १० लाख बजेटबाट ५१ जना स्थानियलाई वडा कार्यालयमा बोलाई जस्तापाता वितरण गरेको हो । वडा नम्बर १ का अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष यादवले जस्तापाता हस्तान्तरण गरे ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया