शान्तीनगरमा समुदाय स्तरकै ५२ जनाको स्वाव संकलन

दाङ, २२ भदौ ।शान्तीनगर गाउँपालिकामा समुदाय स्तरमा कोरोना भएनभएको थाहा पाउन स्वाव संकलन कार्य सुरु गरिएको छ । गाउँपालिका क्षेत्रमा कोरोना जोखिम बढ्दै गएपछि समुदाय स्तरमै कोरोना परिक्षणका लागी नमुना स्वाव संकलन कर्यलाई तिव्रता दिईएको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले बताएका छन् ।

उनका अनुसार आईतवार वडा नम्वर ६ र ७ का ५२ जनाको स्वाव संकलन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा समुदाय स्तरका, व्यापारी र घरपरिवारको नमुना स्वाव संकलन कार्य भईरहेको प्रवक्ता बुढाथोकीले बताएका छन् ।यस अघि गाउँपालिकाले समुदाय स्तरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी , कर्मचारीहरुको कोरोना परिक्षणका लागी स्वाव संकलन गरेको थियो ।

पछिल्नो समयमा समुदाय स्तरकै संक्रमणको जोखिम बढेपछि कोरोना आसंकामा समुदाय स्तरकै नमुना स्वाव संकलन गन थालिएको उनले बताएका छन् । अन्य वडामा पनि स्वाव संकलन गरिने भएको छ । गाउँपालिकामा हाल सम्म ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २४ जना संक्रमित निको भईसकेका छन् भने १३ जना उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि बहादुर पुनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया