कोरोना विशेष अस्पताल बेलझुण्डिमा फेरी विरामी थपिए

तुलसीपुर, २१ भदौ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा फेरी विरामी थपिएका छन् । शनिवार तुलसीपुर क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई बेलझुण्डि अस्पतालमा भर्ना गरिएको हो । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार शनिवार १४ जना विरामी भर्ना भए संगै अस्पतालमा विरामीको संख्या ४३ पुगेको छ ।

यस अघि अस्पतालमा २९ जना विरामी रहेका थिए । अस्पतालमा एक जना रुकुमका बाहेक अन्य सवै विरामी तुलसीपुर सहित दाङका रहेका छन् । बेलझुण्डिमा कोरोना विशेष अस्पताल सन्चालनमा भएसंगै हाल सम्म ४३५ जना विरामी भर्ना भएका छन् । जस मध्ये हाल सम्म ३९२ जना उपचार पछि निको भई घर फर्किएका छन् भने बाँकी ४३ जनाको उपचार भईरहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् । जसमा २० जना पुरुष र २३ जना महिला रहेका छन् ।

उनका अनुसार अस्पतालमा भर्ना भएका मध्ये तिन जनालाई भने जिल्ला बाहिर रिफर गरिएको थियो । उनीहरु पनि अहिले उपचार पछि निको भईसकेका छन् ।शनिवार मात्रै तुलसीपुरका १८ जना सहित दाङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया