लकडाउनको बेला घरघरमा विरामी खोज्दै : सांसद चौधरी

देउखुरी, २१ भदौ ।नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले आफुले पाउने सेवाबाट आफनो निर्वाचन क्षेत्रमा रहेका लकडाउनका कारण औषधी ल्याउन नसकिरहेका र विभिन्न रोगहरुबाट ग्रसित विरामीहरुलाई निशुल्क औषधी वितरण तथा उपचार गरिदिने बताएका छन् ।

निर्वाचन क्षेत्रमा रहेका बिरामिहरू जो, लकडाउनको कारण औषधि ल्याउन नसकिरहेका त्यस्ता विरामीलाई औषधी किनेर घरमै पु¥याउने सदस्य चौधरीले बताए । कोरोना भाइरस (कोभिड १९)को बेला अन्य सांसद घरभित्र बस्दा प्रतिनिधिसभा सदस्य चौधरी भने लकडाउनले गर्दा औषधि ल्याउन नसकिरहेका त्यस्ता विरामीलाई खोज्न आफ्नो सचिवालय टोली सहित गाउँ–गाउँमा हिडेका छन् ।
घर–घरमा विरामी खोज्दैःसदस्य चौधरी

विश्वभर कोरोना भाइरसले आतंकित बनाइरहदा दाङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत रहेका देउखुरीको साविक सतवरीया गा.वि.स.मा विरामीको अवस्था बुझ्न सांसद चौधरी घर–घरमा पुग्न थालेका छन् । चौधरी आफ्नो सचिवालय सदस्य सहितको टोलीसंग सा.वि.क सतवरीया गा.वि.स.अन्तरगत घर–घरमा विरामीहरु खोज्दै हिडेको उनले बताए । उनले भने‘कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका देशलाई अस्तव्यस्त बनाएको छ ।

विभिन्न रोगले ग्रसित व्यक्तीहरुले लकडाउनका कारण राम्रोसंग औषधी उपचार गर्न नपाइ छट्पटाइ रहेको अवस्था छ । घरमै रोग पालेरक बस्न बाध्य भएका नागरिक, आर्थिक स्थिती कमजोरका कारण औषधी उपचार गर्न नसकेका लगायत अन्य दिर्घरोगीहरुको बारे गाउँका अगुवाहरुसंग बुझेर उनिहरुको नाम, ठेगाना र उनिहरुलाई लागेको रोगको डाटासंकलन गर्दै हिड्ने काम भइरहेको छ ।’ ‘विरामी खोज्ने अभियान देउखुरीको सा.वि.क सतवरीया गा.वि.स.बाट सुरु गरिएको छ अव निर्वाचन क्षेत्र अन्रगत रहेका विरामीहरुको डाटा संकलन गर्ने हो ।’
सबै भन्दा बढि दिर्घरोगसंग जोडिएको विरामीहरु रहेका छन् ।

मुटु रोग, सुगर रोग, ढार भाचिएर थला परेका विरामी र क्यान्सर पिडित विरामीहरु रहेको चौधरीको भनाइ छ । ‘विरामीले सबथोक तपाई नै हो हाम्रो, हाम्रो आमा–बुवा भनेपनि अभिभावक भनेपनि हजुर नै हो माननिय ज्यू । हामीलाई विश्वस छ, तपाईले हाम्रो उपचारमा सहयोग पु¥याउनु हुन्छ ।’

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया