बुद्धमा पाठेघरको सफल अप्रेशन

दाङ, १८ भदौ । घोराहीको बुद्ध ईन्टरनेशनल हस्पिटलमा १ सय १८ केजी तौल भएकी महिलाको पाठेघरको ट्युमरको सफल शल्यक्रिया भएको छ । विभिन्न अस्पतालमा विरामीको तौल बढि भएका कारण नभएको शल्यक्रिया बुद्ध ईन्टरनेशनल अस्पतालमा भएको हो ।  घोराही उपमहानगरपालिका १८ कि ५९ बर्षिया शशि सुनारको पाठेघरको ट्युमरको सफल शल्यक्रिया भएको हो ।

लामो समयदेखी ट्युमरको कारण समस्यामा रहेकी सुनारको तौल १ सय १८ केजी भएका कारण धेरै अस्पतालले शल्यक्रिया गर्न नमानेको उनले जानकारी दिईन् । “धेरै अस्पतालमा गए अप्रेसन गर्नुपर्छ त भने तर, पहिले तौल घटाउनुपर्छ, तौल नघटाउदै अप्रेशन हुदैन भनेर फर्काए” सुनारले भनिन् ।

जहाँ गएपनि एउटै जवाफ पाएकी सुनारले बुद्ध ईन्टरनेशनल हस्पिटलमा चेकजाँचका लागी गईन् । स्त्री तथा प्रशुति रोग विशेषज्ञ डाक्टर विमला तिवारीले अहिलेकै अवस्थामा अप्रेसन गर्न सकिने बताएपछि खुशीहुदै गरौ भनेको उनले बताईन् । डाक्टर विमला तिवारी लगाएतको टिमले सुनारको सफल शल्यक्रिया गरेको हो ।

डाक्टर विमला तिवारीका अनुसार मानिसको तौल धेरै भएमा शल्यक्रिया जटिल हुने बताईन । “सुनारको केश पनि त्यहि हो, मोटो मानिस भएका कारण अन्य अस्पतालमा शल्यक्रिया नगरेका हुन” डाक्टर तिवारीले भनिन् । मोटो मानिसमा बोसोको मात्रा धेरै हुदा शल्यक्रिया जटिल हुनेगरेको उनले बताईन । “हामीले जोखिम उठायौ, सफल पनि भयौ” डाक्टर तिवारीले भनिन् । अहिले विरामीको अवस्था सामान्य रहेको उनले बताईन । त्यसैगरी बुद्ध हस्पिटलले २ महिना भित्रमै पश्चिम् नेपाल मै पहिलो पटक लेजर प्रबिधि बाट किडनि को पथरी को अपरेसन सुरु गर्न लागेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा ले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया