कोरोना अस्पतालका प्रमुख शर्माले भने : पीसीआर परीक्षण बन्द गरौ

तुलसीपुर, १८ भदौ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका प्रमुख डा. सर्वेश शर्माले पीसीआर बन्द गरौं भन्दै सामाजिक संजाल फेसवुकमा स्टाटस लेखेपछि त्यसले तरङ्ग ल्याएको छ । मान्छेहरु खान नपाएर मरिरहेको समयमा उनले अर्थहिन काेरोना परीक्षणमा अरबौ रुपैयाँ खर्च गर्नु वाइह्यात भएको टिप्पणी गरेका छन् ।

कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका प्रमुख डा. सर्वेश शर्माले लेखेकाे स्टाटस

आज मेरो मनमा Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारि बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर

यसो गरे कसो होला ?

१) PCR टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया PCR मा खर्च गरिरहेकाछौ र अझै गर्दैछौ।

२) आइसोलेसन, Contact त्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।

३) ज्वरो आएमा, स्वासप्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।

४) लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन / निषेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।

५) धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।

६) कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरी कायम गरौ र सामान्य जीवनशैलीमा फर्किउ।

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया