२४ घण्टामा देशभर ११२० जना कोरोना संक्रमित थपिए

काठमान्डौ, १७ भदौ । बितेको २४ घण्टामा देशभर ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमध्य ३२० महिला र ८०० पुरुष छन् ।

यो संगै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले जानकारी दिए ।
यसैगरी आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया