कोरोना संक्रमितको संख्या नेपालमा ४० हजार नाघ्यो

काठमाडौं, १६ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन् ।

हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया